राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीका पूर्वअध्यक्ष कृष्णप्रसाद शर्मालाई सम्मान गरिएकाे छ ।
क्लवका पूर्वअध्यक्ष शर्मा राेटरी डिष्ट्रिक ३२९२ नेपाल-भुटानकाे एसिस्टेन्ट गभर्नर र सैनामैनाकाे नगर शिक्षा समितिकाे सदस्यमा नियुक्त हुनु भएकाेमा क्लवकाे मंगलबार साँझ बसेकाे बाेर्ड बैठमा उहाँलाई सम्मान गरिएकाे हाे ।
उहाँलाई क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सम्मान गर्नु भएकाे हाे । त्यसै अवसरमा नेपाल प्रेस युनियनकाे प्रदेश सदस्यमा निर्वाचित क्लवका प्रेस एड्भाइजर सुदिप भण्डारीलाई पनि सम्मान गरिएकाे छ ।
बैठकले नेपाल सरकारले ल्यएकाे स्वास्थ्य विमालई पनि जाेड दिएकाे छ । क्लवका सबै सदस्य र तीनका सबै परिवारलाई स्वास्थ्य विमामा जाेडिन आग्रह गर्दै याे कार्यक्रमकाे लागि क्लवका उपाध्यक्ष निरञ्जन पाेखरेललाई संयाेजक चयन गरिएकाे सचिव शंकर पाण्डेले जानकारी गराउनु भयाे ।
