नेपाली काँग्रेस लुम्बिनी प्रदेशमा विभागहरु गठन गरिएको छ । पार्टीको विधानअनुसार प्रदेश सभापति अमरसिंह पुनले ३४ मध्ये २१ वटा विभाग गठन गर्नु भएको हो । बाँकी १३ वटा विभाग पनि छिट्टै गठन गर्ने बताउनु भएको छ ।
जसअनुसार प्रदेशको संगठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्डविक्रम न्यौपाने, स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना पाण्डे तथा पाल्पाका महेन्द्रप्रसाद पाण्डेलाई कानुन तथा संसदीय मामिला विभागको जिम्मेवारी प्रदान गरिएको छ ।
प्रदेश तथा स्थानीय तह विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारी, शुभेच्छुक संस्था समन्वय विभागमा नवलपरासीका बिश्वप्रेम पाठक, साहित्य, कला तथा संस्कृति विभागमा प्युठानका सुवास केसी, शिक्षा विज्ञान तथा प्रविधि विभागमा अर्घाखाँचीका डा. जयबहादुर टण्डन, गैरसरकारी संस्था एवं सामाजिक सेवा विभागमा कपिलवस्तुका रवीन्द्रनाथ ठाकुरलाई जिम्मेवारी दिईएको छ ।
त्यस्तै दाङका देवनारायण चौधरीलाई अभिलेख, अनुगमन तथा मूल्यांक, रुपन्देहीका दीर्घबहादुर केसीलाई युवा तथा खेलकुद, कपिलवस्तुका विक्रम सिंह थापालाई शान्ति सुरक्षा तथा प्रशासन सेवा विभाग, रुपन्देहीकी शान्ति शर्मालाई ट्रेड युनियन तथा श्रमिक विभाग, रुपन्देहीका रामबहादुर कार्कीलाई पार्टी सम्पर्क विभागको जिम्मेवारी प्रदान गरिएको प्रदेश पार्टी कार्यालयका मुख्य सचिव मोहनराज शर्माले जानकारी गराउनु भयो ।
त्यस्तैगरी बाँकेका टेकनारायण भुसाललाई तरुण समन्वय विभाग, बर्दियाका भेषराज पौडेललाई निर्माण व्यवसायी विभाग, अर्घाखाँचीकी शान्ता भण्डारीलाई महिला समन्वय विभाग, रुपन्देहीकी लीलाकुमारी पौडेललाई सहकारी विभाग, बर्दियाका पुष्पलाल श्रेष्ठलाई वातावरण तथा बिपद् व्यवस्थापन विभाग, गुल्मीका छन्द पहराई मगरलाई आदिवासी जनजाति समन्वय विभाग र रोल्पाका पुष्पा श्रेष्ठलाई यातायात विभागको प्रमुख तोकिएको छ ।
काँग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुनले काँग्रेसको विधान अनुसार प्रदेश समितिले ३४ वटा विभागहरू गठन गर्न पाउने व्यवस्था रहे पनि अहिले २१ वटा मात्रै विभागहरू गठन गरिएको बताउनु भयो । प्रत्येक विभागमा २५ सदस्यीय रहने व्यवस्था छ । ती सदस्यहरु भने विभाग प्रमुखले मनोनयन गर्ने छन् ।
