लामो तथा छोटो अवधिका तालिम कार्यक्रमलाई नियमित बनाउन सुझाव

1.3K

लामो तथा छोटो अवधिका तालिम कार्यक्रमलाई नियमित बनाउन सुझाव

व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजनाद्वारा सञ्चालित तालिम कार्यक्रम प्रभावकारी रहेको भन्दै ती कार्यक्रमलाई अझ परिस्कृत गरेर सञ्चालन गर्नु पर्ने सरोकारवालाले बताएका छन् ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रवीधि मन्त्रालय अन्तरगत विश्व बैंकको ऋण सहयोगमा सञ्चालित दोस्रो चरणको व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना आगामी असार मसान्तमा सकिँदै छ । यो कार्यक्रम सकिनु अगाडि परियोजनाले यो कार्यक्रमलाई त्यसपछिका दिनमा कसरी अगाडि बढाउन सकिएला भन्ने विषयमा सोमबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाले तालिम फलदायी रहेको र यसलाई केही सुधार गर्नुपर्ने कुराहरुमा सुधार गरेर निरन्तरता दिनुपर्ने बताएका हुन् ।
परियोजना अन्तरगत लामो तथा छोटा अवधिका तालिम कार्यक्रमहरु लेवल १ को नतिजामा आधारित तालिम, महिला विशेष तालिम, भौचरमा आधारित तालिम, लेवल २ को नतिजामा आधारित तालिम, औद्योगिक प्रशिक्षणमा आधारित, कार्यस्थलमा आधारित, गुणस्तर सुधार अनुदान कार्यक्रम, प्राविधिक शिक्षा पढ्न चाहनेहरुका लागि छात्रबृत्ति, नेतृत्व तथा व्यवस्थापकीय तालिम, प्राविधिक शिक्षाका पाठ्यक्रम विकास तथा परिमार्जन, सीप परीक्षण मुल्यांकनकर्ताहरुलाई तालिम तथा रोजगारको लागि सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको परियोजना प्रमुश शिवकुमार सापकोटाले बताउनु भयो ।
दोस्रो चरणसम्म आईपुग्दा तालिमको उपलब्धि कस्तो भयो, अगाडि बढाउन आवश्यक छ या छैन, यसको मोडालिटि पो चेन्च गर्नु पर्छ की भन्ने विषयमा देशका विभिन्न ठाउँमा पुगेर सरोकारवालासँग प्रतिक्रिया लिई रहेको र आवश्यक भएमा तेस्रो चरणमा पनि सञ्चालन गर्न सकिने उहाँले बताउनु भयो ।
जस अनुसार बुटवल सहित विरजंग र चितवनमा प्रतिक्रिया लिईसकिएको छ । जहाँ सहभागिहरुले सुधार सहित निरन्तरताको आग्रह गरेका छन् । त्यसैगरी धनगढी, पोखरा र काडमाण्डौमा पनि यस्तै कार्यक्रम गरेर प्रतिक्रिया लिने उहाँले बताउनु भयो । पहिलो र दोस्रो फेज सञ्चालनको यो अवधिमा छोटो अवधिको ३९० घण्टे कार्यक्रममा १ लाख १५ हजार युवालाई तालिम दिने लक्ष्य लिईएको थियो भने लामो अवधिको १ हजार ६९६ घण्टे ओजेटी (अन द जव) १ हजार ४४० जनालाई तालिम दिने लक्ष्य लिईएको छ । यी दुबै कार्यक्रम निर्धारित मितिमा लक्ष्यमा पुगिने परियोजनाका उपसचिव केवलीराम अधिकारीले बताउनु भयो ।
अर्को लामो अवधिको ६० जनाको लक्ष्य लिईको उद्योगमा आधारित तालिममा भने ४३ जना मात्रै सहभागि भएका छन् । उहाँका अनुसार विपन्न, महिला, दलित, जनजाती तथा मधेशी समुदायका वेरोजगार युवा लक्षित यो कार्यक्रम सिटिईभिटीबाट सम्बन्धन लिएका सरदर १५० वटा तालिम प्रदायक संस्थाहरुले लालिम सञ्चालन गरिरहेका छन् ।
कार्यक्रममा तालिम प्रदायक संस्था, तालिम लिएका युवाहरु र प्रशिक्षक तथा परियोजनाका प्रतिनीधिहरु सहभागि थिए । लुम्बिनी प्रदेशका १२ वटा तालिम प्रदायक संस्था सहभागि रहेको उक्त कार्यक्रममा सहभागिहरुले परियोजना अन्तरगत सञ्चालन गरिएका तालिम कार्यक्रमहरु फलदायी रहेको र देखिएका सानातिना समस्याहरु सुधार गरेर अगाडि बढाउन सुझाव दिएका हुन् ।
परियोजना लेखा प्रमुख देवहरी गौतमले परियोजनाले गरेका कामहरुको बारेमा जानकारी गराउदै बजारले खोजेको जनशक्ति उत्पादन भईरहेको बताउनु भयो । २०११ देखि सुरु भएको पहिलो फेज २०१५ र २०१७ देखि सुरु भएको दोस्रो फेज २०२२ को जुलाईमा सकिन लागेको बताउँदै परियोजनाका शाखा अधिकृत उद्धव कट्टेलले सबैको प्रतिक्रिया लिँदा आवश्यक महशुस भएमा तेस्रो चरणमा समेत सञ्चालन गर्न सकिने बताउनु भयो ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणी खनाल, तालिम प्रदायक सस्थाका प्रतिनिधि, प्रशिक्षक, तालिम लिएका प्रतिनिधि लगायत धारणा राख्नु भएको थियो ।