शाईन रेसुङ्गा आर्थिक पत्रकारिता पुरस्कार पत्रकार नेपाललाई

1.3K

शाईन रेसुङ्गा आर्थिक पत्रकारिता पुरस्कार पत्रकार नेपाललाई

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले स्थापना गरेकाे शाईन रेसुङ्गा आर्थिक पत्रकारिता पुरस्कार-२०७९ पत्रकार माधव नेपाललाई प्रदान गरिएको छ ।
बिहिबनर रुपन्देहीकाे  तिलोत्तमामा आयोजित एक कार्यक्रममा नेपाली बिबिसी सेवा र बुटवल एफएममा कार्यरत नेपाललाई ५० हजार १ सय ११ नगद र प्रशंसापत्र सहित साे पुरस्कार प्रदान गरिएको हो ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सो पुरस्कार बितरण गर्दै आएको छ ।
बैंकका अध्यक्ष थानेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गर्नु भएकाे हाे ।
पुरस्कार वितरणका लागि पत्रकार महासंघ रुपन्देहीका पुर्व कोषाध्यक्ष यमलाल भुसालको संयोजकत्वमा ३ सदस्यीय मुल्यांकन समिती गठन गरिएको थियो ।
बैंकले  गतवर्ष पत्रकार महासंघ रुपन्देहीको समन्वयमा आर्थिक क्षत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्नेगरी ५ लाख रुपैया अक्षय को स्थापना गरी पुरस्कार वितरण सुरु गरेकाे थियाे । गतबर्ष याे पत्रकार यमलाल भुसाललाई प्रदान गरिएकाे थियाे ।