ने.उ.वा महासंघ लुम्बिनीको अध्यक्षमा पुनः शर्मा

1.3K

ने.उ.वा महासंघ लुम्बिनीको अध्यक्षमा पुनः शर्मा

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः कृष्णप्रसाद शर्मा निर्वाचित हुनु भएको छ । शनिबार भैरहवामा सम्पन्न पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट सिद्धार्थ उद्योग वाणिज्य संघका शर्मा सर्बसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अधिवेशनबाट सर्बसम्मत रुपमा रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्ष पदमा रोल्पा उद्योग वाणिज्य संघका वालकृष्ण सुवेदी, उपाध्यक्ष (एशोसियट)मा ओम बाबा आयल सप्लायर्सका कुलप्रसाद न्यौपाने र कोषाध्यक्षमा दाङ उद्योग वाणिज्य संघका नारायणप्रसाद भुसाल निर्वाचित हुनु भएको छ ।
त्यस्तै कार्यसमिति सदस्य पदमा अर्घाखाँचीका प्रदिप मिश्र, गुलरीयाका देवेन्द्र पाण्डे, पाल्पाका मधुदयाल सैंजु, कपिलबस्तुका देवीप्रसाद पाण्डे, देवदहका हरि भण्डारी निर्वाचित हुनु भएको छ । त्यसैगरी एसोसियटबाट कार्यसमिति सदस्य पदमा वेष्र्टन एग्रो प्रोसेसिङ इण्डष्ट्रिजका आनन्दप्रसाद वझा र सिद्धार्थ सिमेन्ट उद्योगका सौरभ अग्रवाल निर्वाचित हुनु भएको प्रमुख निर्वाचन अधिकृत धर्मबहादुर खड्काले जानकारी गराउनु भएको छ ।