राष्ट्रपति रामचन्द्र पौडेल पार्टीको सबै जिम्मेवारीबाट अलग हुनु भएको छ ।
। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले आईतबार पार्टीका सबै जिम्मेवारीबाट राजिनामा गर्नुभएको हो । उहाँले स्वकीय सचिव चिरञ्जीवी अधिकारी मार्फत नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा राजिनामा पत्र दर्ता गराउनु भएको हो ।
राष्ट्रपतिमा निर्वाचित पौडेलले भोली सोमबार १ बजे पद तथा गोपनीयताको शपथ लिने र त्यस लगत्तै राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु हुनेछ ।