बुटवल विकासको नयाँ आयाम

1.3K

बुटवल विकासको नयाँ आयाम

विमलराज भट्टराई /

जुलुस धर्ना दिएर वा सामाजिक सञ्जालमा आक्रोश पोखेर मुलुक बन्दैन । यो ठाउँ र देशको विशालता र विषमतालाई बुझ्न र सम्बोधन गर्न सक्नु पर्दछ र त्यसो गर्न सकिन्छ पनि । जबसम्म नेपाली जनताको गास, बास र कपासको समस्याको समाधान गरिँदैन, तबसम्म दिन खोजिएको सुशासन र विकासका कुरा सुन्दैनन् र विश्वास पनि गर्दैनन् । बुटवलमा पार्कहरू धेरै छन् । मणिमुकुन्द सेन उद्यान (फूलवारी), हिलपार्क, पिसपार्क, रामापिथेकस पार्क आदि आदि । आबश्यकता टिपीकल बुटवल पार्कको छ । हाम्रो बिकासले जनतालाई छुन सकोस् । बहूआयामिक पनि हुन सकोस् । अनि मात्र नगरबासी र यात्रामा यात्रुले महसुस गर्न सक्छन् ।
बुटवलको बाटोमा बरपीपल, स्वामी, पाकरी, चौतारी–चौपारी प्रसस्त मात्रामा थिए तर अहिले मुलबाटोमा कहि कतै छैनन् । राजमार्गमा कसरी राख्ने ज्ञान भएन, राखेनन् । बर्षौं सितल छहारी दिने बरपील, स्वामी लगायतका बोटविरुवाहरु मास्नु हुदैनथ्यो । नेपाली ईन्जिनियरिङ्सँग मेरो गुनासो छ, बुटवल झरेको नब आगन्तुक पाहुना कहा उभिने ? आफ्नो आफन्त र गन्तव्य सहजरुपमा कहाँ कसरी भेटिने अन्योलमा पर्ने गरेका छन् । हाम्रा शहर काठमाडौं हिड्दाको अनुभब यस्तो छ । कलंकीमा बस्यो : दाइ, चितवन हो ? कोटेश्वरमा बस्योः दाइ, सिन्धुली बर्दिबास हो ? सुन्धारामा बस्यो : दाइ, होटेल हो ? कालिमाटीमा बस्यो : दाइ, श्रम बनाउनु पर्ने हो ? घण्टाघरछेउ बस्यो : दाइ, पुलिस रिपोर्ट हो ? रत्नपार्कमा बस्यो : दाइ, जाने हो ? यो काठमाडौंमा झोला बोकेर उभिने ठाउँ पनि छैन पार्क पनि छैनन् । त्यस्तै समस्या बुटवलमा पनि छ । यसको निराकरणको बिकल्प बुटवल बासीले दिनुपर्छ । बुटवल शहर मानवमैत्री यात्रुमैत्री हुनु पर्दछ । यसको एउटा सहज उपाय यो हुन सक्छ–मानब चेतनासहित जमिन माथीको चैतन्यपार्क– बुटवल छ महेन्द्रपार्क बिचमा बुटौली स्मार्टपार्क निर्माण गर्न सकिन्छ । जहा हातमुख धुन र पिउन शुद्ध पानी मिलोस् । सफा शौचालय प्रयोग गर्न सकिने होस् । भोक मेटाउन चाहनुहुन्छ भने सफा स्वास्थ्यकर चमेनागृह, चिया, कफी पसल होउन् । निःशुल्क इन्टरनेटको सुविधा उपलब्ध होस् । जहा उचित मूल्यमा समान बिक्री वितरण गर्दै बुटवल उत्रने जो कोही आगन्तुक खुशी हुन सकुन् । नगरबासी ले साझ बिहान स्वच्छ वायु लिन र टहलिन पाउन । लुम्बिनी प्रादेशिक अस्पतालका बिरामी र कुरुवाले पनि यसको फाईदा प्राप्त गरुन् ।

सिंगापुरमा निर्मित एशियाको सबैभन्दा ठूलो फेरीस व्हील ।


यसको लागि हालको महेन्द्र पार्क, पुष्पलाल पार्क माथी ५ हजार स्क्वायर फिट फराकिलो आकासे पूल बनाउने र महेन्द्र, पुष्पलाल, विपी र सूर्यप्रसाद प्रधानको चार दिशामा शालिक राख्न् सकिन्छ । गर्मीयाममा साझबिहानको सितल हावा लिन र जाडो याममा घाम ताप्न ५ सय वटा सुविधायुक्त बस्ने कुर्ची राख्ने दहीलशी, फलफूल र केही कफीसेन्टरका ४ वटा पसल चारवटा फास्ट फूड क्लव, एक आधुनिक सूचना केन्द्र, सुरक्षा कर्मी राखी रात्री पर्यटनलाई समेत हुने गरी बुटवल को विकास गर्न थालनी गरौं । एक दुई घन्टा समय बिताउन यो अति प्रभावकारी माध्यम बनाउन सकिन्छ । द्रुतगतिमा यस्को निर्माण गर्ने व्यवस्थालाई सहज उपाय निकल्न ढिला गर्नु हुँदैन ।
यो बटौलीको पहिलो अतिथी सत्कार हुनेछ । सिसि क्यामरा जडानसँगै संदिग्ध क्षेत्र क्यामेराको सुरक्षा भित्र छ भन्ने हुन्छ, जसले घटना तथा अपराधहरु चोरी, लुटपाट, सवारी दुर्घटना नियाल्न र न्यूनिकरण गर्न ठूलो हात सिसी क्यामराको हुने गर्छ । प्रहरी देख्दा नियम मान्ने, नदेख्दा नियम उलङ्घन गर्ने प्रवृत्तिको अन्त्यका लागि पनि सिसि क्यामरा सहयोगी हुनेछ । यस स्थानलाई सुरक्षित, मर्यादित ब्यबस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाएर बुटवल देशकै नमुना र अन्य शहरहरुले अनुकरण गर्ने उदारणीय शहर बन्न सक्छ ।
बुटवल उपमहानगरपालिकाका सबै नागरीकहरु एक वार्डबाट अर्को वार्ड जान सस्तो र शुलभ सार्वजनिक सिटीबस सञ्चालन गर्न जरूरी छ । जस्तो की रिंगरोड होस्, वसपार्क– चौराह–जोगीकटी मगरघाट मोतीपुर, दुबौली हिरापुर केदली सेमलार तामनगर फूलवारी– बुटवल हाईस्कूल गोलपार्क लक्ष्मीनगर चादवारी हिलपार्क आम्दा राम नगर ब्यारेक – चौराह वसपार्क आउने गरी सहज यात्रा हुन सक्नेगरी व्यवस्था गरौं । यसले गाउघरका उत्पादनहरू शहरमा लैजान सहज र सरल हुन्छ । विद्यार्थी शिक्षक कर्मचारी मजदुर सवै लाभान्वित हुने छन् । बाटो पनि तयारै छ । मात्र कार्यान्वयन आबश्यक छ । लक्ष्मीनगर देखी चादवारी पुलसम्म बाटो स्तरोन्ती गरी एक तर्फी सञ्चालन गरे पुग्छ । धेरै समय र खर्च लाग्दैन । कुनै एक यातायात कम्पनीले यातायात संचालन गरे नगरवासीले सुविधा पाउने छन् । गाऊ र शहरको सामिप्यता पनि बढने छ । यो रुटबाट रोजगारीमा पनि वृद्धी हुने छ ।
बुटवलको अर्को मुख्य खानेपानीको समस्या छ । जुन दशकौँदेखि खानेपानी समस्या भोग्न जनतालाई वाध्य बनाइएको छ । झुम्सा खानेपानी ज्वलन्त उदारण हो । यसको हल भुगर्भ सास्त्रीहरुले डिप वौरीङ्ग, भुगर्भएक्सरेबाट पानीको श्रोत पत्ता लगाई छिटो छरितो पानी निकाल्न सक्ने रहनेछन् । उनीहरुले वसन्तपुर डाँडोमा, पानी निकाली प्रमाणित गरिसकेका छन् । गुल्मी र अर्घाखाँचीमा धेरै ठाउँमा पानी निकालेर पानीको समस्या हल गरीसकेका छन् । सिद्धवावा, चिडीयाखोला आसपासमा प्रसस्त डिप्वेल निकाल्न सकिन्छ निस्कन्छ । त्यो पानी सोझै मेन लाइनमा जोडन सकिन्छ र स्वच्छ पिउने पानीको समस्या हल गर्न सकिन्छ । यति गरे बुटवल उपमहानगरपालिका स्वच्छ सफा र सम्बृद्धिको यात्रातर्फ लम्कने छ ।
बुटवल उपमहानगरपालिकाको छोटकरीमा अबस्थिती यस्तो छ । बुटवल उपमहानगरपालिका फागुन ३, २०१६ मा भएको हो । भौगोलिक अवस्थिति लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला क्षेत्रनं २ र ३ रुपन्देहीमा पर्दछ । यसको क्षेत्रफल १०३.९८ वर्ग कि.मी. छ । १९ वटा वडा छन् । २७० ४०–२७० ४६’ आक्षंश पूर्व ८३०२२–८३० ३०’ देशान्तर उत्तर उचाई : समुन्द्री सतहबाट १८३ मी. मा छ । (बजार क्षेत्र) देखि (नुवाकोट डाँडा)सिमाना देवदह नगरपालिका, सैनामैना नगरपालिका : तिनाउ गाउँपालिका, पाल्पा दक्षिण शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिका पर्दछ । रुपन्देहीमा तापक्रमः २८.९ डिग्री सेल्यियस हुन्छ । (औसत) बर्षाः ३,६९३.१ मिमि वार्षिक छ । नदीहरु तिनाउ, दानव, सुखौरा छन् । कूल जनसंख्याः १९५०५४ (२०७८ जनगणना अनुसार) छ । घरधुरीः ३४०९७ छ । मुख्य जातीय समुदायः क्षेत्री, ब्राह्मण, दशनामी, मगर, गुरुङ्ग, नेवार, थकाली, थारु, यादव (तेली), कशौधन, ठाकुर, अग्रवाल, सुनार, दमाई, मुस्लिम आदिको बसोबास छ । धर्म हिन्दु, बौद्ध, क्रिश्चियन, इस्लाम, शिख आदि मान्दछन । सबै मिलेर बुटवल उपमहानगरपालिका समानता, स्वाभिमान र अवसर सहितको बस्न योग्य शहर बनाऔं । बुटवलबासीको जय होस् ।

(लेखक बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका महासचिव हुनुहुन्छ ।)