मन्त्रालयको भागबण्डा मिलाउन आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागवण्डा टुंगो लगाउनुको साथै मन्त्रीपरिषद विस्तार लगायतका विषयमा छललफल हुने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएपनि सत्ता गठबन्धनमा आवद्ध दलहरुमा कुरा मिल्न नसक्दा मन्त्रीपरिषद विस्तारमा समेत अलमल भएको छ ।