सत्तारुढ दलहरु बिचमा मन्त्रालयको भागवण्डा मिलेको छ । संगसंगै भोली बिहिबार मन्त्रीपरिषद विस्तारको तयारी गरिएको छ ।
बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा दलहरु बिचमा कुरा मिलेको हो । जस अनुसार सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले ५ वटा मन्त्रालय पाउने छ भने प्रमुख साझेदार संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले ८ वटा मन्त्रालय पाउने भएको हो ।
त्यस्तै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले दुई दुई वटा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले एक एक मन्त्रालय पाउने गरी मोटोमोटी टुंगो लागेको नेतामरुले बताएका छन् ।
यद्यपी कुन कुन दलले कुन कुन मन्त्रालय पाउने भन्ने विषयमा निर्णय भईसकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलसँग अलगअलग कुरा गरेर प्रस्ताव ल्याउने बैठकमा जानकारी गराउनु भएको छ । सोही अनुसार भोली (बिहिबार) साँझ मन्त्रीपरिषद विस्तार गर्ने सहमति भएको छ ।