प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रीपरिषद पुनर्गठन

1.3K

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रीपरिषद पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएकाे छ । पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे हाे । सरकारले पूर्णता भने पाएकाे छैन ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गर्नु भएकाे छ । काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री हुनुभएकाे छ । डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री हुनुभएकाे छ ।
जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुनुभएकाे छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त हुनु भएकाे छ । माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्नु भएकाे छ ।