विश्व हिन्दु महासंघ नेपालकाे केन्द्रीय महासभा तथा आठाैं महाधिवेशन बुटवलमा सुरु भएकाे छ । महासभा तथा महाधिवेशनकाे नेपाल सन्त समाजका १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वतीले उद्घाटन गर्नु भएकाे हाे।
भाेली सम्म सञ्चालन हुने महासभाकाे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन कार्यक्रम गरिएकाे छ ।
त्यस अगाडि बुटवलमा शाेभा यात्रा गरिएकाे थियाे । बुटवल ६ हाटवजारबाट सुरु भएकाे शाेभा यात्रा पाल्पा राेड, ट्राफिकचाेक, अस्पताल लाईन, मिलनचाेक, चाैराहा हुँदै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आएर सकिएकाे थियाे ।
कार्यक्रमका बारेमा जानकारी गराउँदै महासंङका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी वेद नै विज्ञान भएकाेले वेदका आधारमा जीवन पद्धती अगाडि बढाउनु पर्ने बताउनु भयाे । उहाँले धर्मगुरुहरुले देखाएकाे राज्य सञ्चालन हुनु पर्ने भनाई राख्नु भयाे ।
धार्मिक स्वतन्त्रता सहितकाे हिन्दु राष्ट्र बननउनु पर्ने महासंघकाे माग रहेकाे उहाँले बताउनु भयाे ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष वेनबहादुर पाैडेल राष्ट्र रक्षा र धर्म रक्षाकाे लागि महासंघले पैरवी गर्दै आएकाे बताउँदै नेपालाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने बताउनु भयाे । त्यस्तै नैतिक शिक्षा, जातीय छुवाछुतकाे अन्य आफूहरुकाे माग रहेकाे उहाँकाे भनाई छ ।