काेराेना संक्रमणबाट फेरी एक जनाकाे मृत्यु

1.3K

काेराेना संक्रमणबाट फेरी एक जनाकाे मृत्यु

कोरोना संक्रमणकाे कारण फेरी एक जनाकाे मृत्यु भएकाे छ ।  काेराेना संक्रमणका कारण पछिल्लाे तीन महिनामा मंगलबार एक जना पुरुषकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको हाे । ती पुरुष ३ साताअघि अस्पताल भर्ना भएका थिए ।
यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो ।
मन्त्रालयले मंगलबार दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४३६ नमुनामध्‍ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४६९ पुगेकाे छ ।