लायन्स क्लव अफ बुटवलकाे अध्यक्षमा शरदमान

1.3K

लायन्स क्लव अफ बुटवलकाे अध्यक्षमा शरदमान

लायन्स क्लव अफ बुटवलकाे अध्यक्षमा शरदमान श्रेष्ठलाई चयन गरिएकाे छ । क्लवकाे शनिबार कपिलबस्तुकाे चन्द्राैटामा सम्पन्न अधिवेशनले वर्ष २०२३-०२४ काे लागि श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।
नवनिर्वाचित कार्यसमितिकाे प्रथम उपाध्यक्षमा मृगेन्द्रगाेविन्द श्रेष्ठ, द्वितीय उपाध्यक्षमा प्रतीक पाेदरेल, तृतीय उपाध्यक्षमा वासुदेव श्रेष्ठ, सचिवमा राेषन श्रेष्ठ, काेषाध्यक्षमा श्याम देवकाेटा र सहसचिवमा निरज लाकाैल रहनु भएकाे छ ।
त्यस्तै डाईरेक्टरहरुमा आनन्द वझा, ऋषव वझा, अशाेक अमात्य, प्रदिप शाक्य, सुवर्णलाल श्रेष्ठ, विकास पालिखे, राजिव श्रेष्ठ, विन्दुलाल श्रेष्ठ र गंगा सापकाेटालाई चयन गरिएकाे छ । टेलट्वीस्टरमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, टेमरमा गाेविन्दकुमार श्रेष्ठ, पिआरओमा उमेश अमात्यलाई चयन गरिएकाे क्लवका अध्यक्ष महेश श्रेष्ठले जानकारी गराउनु भयाे ।
कार्यक्रममा लायन्सका फष्ट भाईस डिष्ट्रिक गभर्नर, क्लवका पूर्व अध्यक्ष अर्जुनमान सैंजूले समाज सेवामा लायन्स क्लव अफ बुटवलले गरेकाे कामकाे चर्चा गर्दै डिष्ट्रिकमै उत्कृट क्लवकाे रुपमा स्थापित भएकाे बताउनु भयाे । क्लवका पूर्व अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले निर्वाचन आयुक्तकाे भूमिका निर्वाह गर्नु भएकाे थियाे ।