नेपालमा उच्च चापीय प्रणालीकाे प्रभाव : वायुमण्डल केहीदिन स्थिर रहने

1.3K

नेपालमा उच्च चापीय प्रणालीकाे प्रभाव : वायुमण्डल केहीदिन स्थिर रहने

नेपालमा रहेकाे उच्च चापीय प्रणालीकाे प्रभावका कारण वायुमण्डल केहीदिन स्थिर रहने अनुमान गरिएकाे छ । जसका कारण देशका धेरै भू-भागमा लागेकाे तुवाँलाे अझै केही दिन रहने पूर्वानुमान गरिएकाे छ ।
लामाे समयदेखि पानी नपरेकाे र बनजंगलमा डढेलाे पनि बढिरहेका कारण देशका धेरै भू-भागहरुमा तुवाँलो लागेकाे र आगामी तीन दिन सम्म पनि जारी रहने संभावना रहेको माैषम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
वायु प्रदुषणको कारणले स्वास्थमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन पनि महाशाले अनुराेध गरेकाे छ ।