हार्डवेयर समितिको क्यालेण्डर सार्वजनिक

1.3K

हार्डवेयर समितिको क्यालेण्डर सार्वजनिक

बुटवल उद्योग वाणिज्य संघको हार्डवेयर बस्तुगत समितिले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपात्रो (क्यालेण्डर) सार्वजनिक गरिएको छ । हार्डवेयर बस्तुगत समितिले शुक्रबार बुटवलमा नयाँ वर्षको शुभकामना आदानप्रदान समेतको कार्यक्रम गरी क्यालेण्डर विमोचन गरेको हो ।
त्यसै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित हुनु भएका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य तथा संघका अध्यक्ष कसजूले
बैंक व्याज लगायतका व्यवसायीका समस्या समाधानका लागि महासंघले पहलकदी उठाईसकेको जानकारी गराउनु भयो । उहाँले विस्तारै मुलुकको अर्थतन्त्र चलायमान हुने विश्वास गर्दै विदेशी सञ्चिती बढेकाले पनि केही आशाका किरणहरु देखिएको भनाई राख्नुभयो ।
त्यस्तै बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले बस्तुगत समिति संघको वीङ्स भएको बताउँदै संघको गतिबिधिलाई चलायमान गराउन र क्रियाशिलता बढाउनको लागि पनि बस्तुगत समितिहरुको भूमिका रहने भनाई राख्नुभयो ।
संघका कार्यसमिति सदस्य तथा उक्त बस्तुगत समितिका पूर्व अध्यक्ष दीपक चापागाईले बैंकको व्याज तथा खस्कीँदो व्यापार व्यवसायका कारण उद्योगी व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा पुगेको बताउँदै यसलाई सुधार गर्नको लागि महासंघले नै नेतृत्व लिनको लागि नवनिर्वाचित सदस्य कसजूलाई आग्रह गर्नुभएको थियो ।
हार्डवेयर बस्तुगत समिथिका सभापति अनिलकुमार गुप्ताको अध्यक्षता तथा सचिव धर्मेन्द्र कसौधनको सञ्चालनमा भएको कार्यक्रममा क्यालेण्डरका विज्ञापनदातालाई सम्मान गरिएको थियो ।