तनहुँ १ मा भएकाे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी हुनु भएकाे छ । गय राति सम्पन्न मतगणनाकाे परिणाम अनुसार भारी मतले उहाँ विजयी हुनुभएकाे हाे ।
विजयी वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा १४ हजार ७९६ बढी मत प्राप्त गर्नु भएकाे छ । वाग्लेले ३४ हजार ९१८ प्राप्त गर्दा काँग्रेस उम्मेद्वार भट्टराईले २० हजार १२२ मत पाउनु भएकाे छ ।
एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो हुनु भयाे। राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत प्राप्त गर्नु भएकाे छ ।
गत निर्वाचनमा त्यस क्षेत्रबाट विजयी काँग्रेस नेता रामचन्द्र पाैडेल राष्ट्रपति भएपछि खाली भएकाे उक्त क्षेत्रमा यहि बैशाख १० गते उपनिर्वाचन भएकाे हाे ।