लुम्बिनीका मुख्यमन्त्री चाैधरीद्वारा शपथ ग्रहण

1.3K

लुम्बिनीका मुख्यमन्त्री चाैधरीद्वारा शपथ ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा डिल्लीबहादुर चाैधरीले पद तथा गाेपनीयताकाे शपथ लिनु भएकाे छ । नवनियुक्त मुख्यमन्त्री चाैधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनु भएकाे हाे ।
नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता चौधरी संविधानको धारा १६८ (२) अनुसार आठ दलका ५२ र एक स्वतन्त्र समेत गरी ५३ जना प्रदेश सभा सदस्यको समर्थनमा बिहिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियाे ।