मिटरव्याज समस्या सम्बन्धि अध्यादेश जारी

1.3K

मिटरव्याज समस्या सम्बन्धि अध्यादेश जारी

मिटरव्याज समस्या सम्बन्धि अध्यादेश जारी भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० बुधबार जारी गर्नुभएको हो ।
मिटरव्याज पीडितको समस्या समाधानका लागि सरकारले उक्त अध्यादेश ल्याएको थियो भने मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो ।
मिटरव्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानुनी रुपमा दण्डनीय बनाउन उक्त अध्यादेश ल्याईएको हो । मिटरव्याज पीडितहरुको समूहसँग गत चैत १७ गते गरेको सहमति अनुसार सरकारले कानुन संशोधन गर्न अध्यादेश ल्याएको हो ।