लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ पि काे गभर्नरमा निर्वाचित अर्जुनमान सैंजू, फस्ट भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित पुरुषाेत्तमभक्त प्रधानाङ्ग र सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित बालाराम भट्टराईलाई बुटवलमा सम्मान गरिएकाे छ ।
लायन्स क्लव अफ बुटवल तिलाेत्तमा र लायन्स क्लव अफ बुटवल तिलाेत्तमा मायादेवीले साेमबार बुटवलमा संयुक्त कार्यक्रमकाे आयाेजना गरि वर्ष २०२३/०२४ का लागि निर्वाचित उहाँहरुलाई सम्मान गरेकाे हाे ।
उहाँहरुलाई डिष्ट्रिक गभर्नर नवराज न्याैपाने, लायन्स क्लव अफ बुटवल तिलाेत्तमाका अध्यक्ष नविनप्रसाद श्रेष्ठ तथा लायन्स क्लव अफ बुटवल तिलाेत्तमा मायादेवीकी अध्यक्ष लक्ष्मी प्रधानाङ्गले सम्मान गर्नु भएकाे हाे ।
फष्ट भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित प्रधानाङ्ग लायन्स क्लव अफ बुटवल तिलाेत्तमाका पूर्व अध्यक्ष हुनुहुन्छ । त्यसै अवसरमा डिष्ट्रिककाे सचिवमा मनाेनित विनाेद खरेल तथा डिष्ट्रिक ट्रेजररमा मनाेनित दिनेशप्रसाद श्रेष्ठ लगायत डिष्ट्रिकमा मनाेनित भएकालाई सम्मान गरिएकाे थियाे ।
त्यस्तै नेपाल उद्याेग वाणिज्य महासंघकाे सदस्यमा निर्वातित बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू र राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदकबाट विभूषित निर्मलप्रसाद लाकाैललाई पनि सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै गभर्नर न्याैपानेले लाेभ लालचा नहुने हाे भने धेरै गर्न सकिने बताउनु भयाे । उहाँले आफ्नाे कार्यकालमा पनि धेरै काम भएकाे र आफू सधै आगामी नेतृत्वकाे साथमा रहने पनि प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
त्यस्तै नवनिर्वाचित डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजूले क्याविनेटका सबै सदस्यहरु गभर्नर भएकाे अनुभूत गरेर सक्रियता देखाउन आग्रह गर्नुभयाे । आफुले व्यक्तिमा भन्दा पनि टिममा विश्वास गर्ने बताउदै टिमवर्कलाई प्राथमिकता दिने बताउनु भयाे । क्याविनेटका सदस्यहरुकाे उर्जाले आफुलाई उत्साहित बनाएकाे उहाँकाे भनाई छ ।
नवनिर्वाचित फस्ट भाईस डिष्ट्रिक गभर्नर पुरुषाेत्तमभक्त प्रधानाङ्गले सबैकाे साथ सहयाेग भए डिजि संवत: सफल हुने भनाई राख्नुभयाे । नवनिर्वाचित सेकेण्ड भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले गभर्नरले ल्याउने कार्यक्रममा सबै एकमत भएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
नेपाल उद्याेग वाणिज्य महासंघका सदस्यमा निर्वाचित उज्ज्वलप्रसाद कसजूले सरकारकाे गलत नीति र मुलुककाे गिर्दाे अर्थतन्त्रका कारण ३० प्रतिशत उद्याेग बन्द भईसकेकाे र ५० प्रतिशत उद्याेग बन्द हुने स्थितिमा पुगेकाे बताउनु भयाे ।
त्यसअवसरमा लायन्स क्लव अफ बुटवल तिलाेत्तमाका अध्यक्ष नविनप्रसाद श्रेष्ठले क्लवकाे सिग्नेचर प्राेजेक्टकाे रुपमा महिलामा देखिने पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धि शिविर सञ्चालन गर्दै आएकाे र निरन्तर सञ्चालनकाे व्यवस्थाकाे लागि सहयाेग गर्न आग्रह गर्नुभयाे ।
कार्यक्रममा एफ.डब्लु.सी. काेर्डिनेटर सुशील श्रेष्ठ, पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, डिष्ट्रिक काेचिफ एड्भाईजर खिमबहादुर हमाल, जिएसटी काेर्डिनेटर राधिका भुसाल, तिलाेत्तमा मायादेवीकी संस्थापक अध्यक्ष सरस्वती अमात्य, सराेज श्रेष्ठ, रेनु पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।