नेतृत्वकाे गलत शैलीका कारण पार्टी कमजाेर हुँदै गएकाे काँग्रेसका नेताहरुले बताएका छन् । पार्टीमा आकर्षण बढाउनकाे लागि रुपान्त्रणकाे खाँचाे रहेकाे उनीहरुले जाेड दिए ।
नेपाली काँग्रेस रुपान्त्रण अभियान अन्तरगत रुपन्देहीको भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण पार्टी कमजोर बनेको उल्लेख गर्दै रुपान्त्रणको खाँचो रहेको औल्याएका हुन् ।
बर्तमान पार्टी नेतृत्वको अक्षमताका कारण पार्टीले लय समात्न नसकेको बताउदै उनीहरुले युवा नेतृत्वले हस्तक्षेप गरेरै भएपनि पार्टीकाे नेतृत्व लिनु पर्नेमा जाेड दिए ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य मधु आर्चाय, डा. गोबिन्द पोखरेल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पुर्व केन्द्रिय सदस्य गुरु घिमिरे, युवा नेता भुपेन्द्रजंग शाहि, लुम्बिनी प्रदेश महामनत्री बिक्रम खनाल, पाल्पा सभापति बिरबहादुर राना, रुपन्देही उपसभापति थानेश्वर घिमिरे, नेताहरु फकरुद्धिन खान, रमा अर्याल लगाएतले बोल्दै पार्टीलाई कुनै नेताको नीजि तथा घरेलु मामिला हुन दिनबाट जोगाउदै साझा मामिला बनाउनु पर्ने बताउनु भयो ।
नेपाली काँग्रेसका नेता प्रमोदकुमार यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य बिष्णु पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा नेताहरुले पार्टीलाई युग सापेक्ष रुपान्त्रण गर्दै लैजानका लागि अभियानको सुरुवात गरिएको र सागठनिक सुशासन अभियानलाई पनि संगसंगै चलाउनु पर्नेमा जोड दिनुभयो ।