रुपन्देहीको तिलोत्तमा स्वास्थ्य पोषण लागि कृषि कौशी खेती खेती अभियान सुरु भएको छ । घर घरमा कौशी खेती गर्ने अभियानबाट तिलोत्तमा वार्ड नम्बर ५ मा रहेको परमानन्द बचत तथा ऋण सहकारी संस्थाबाट गर्दा स्थानीयसँग पुग्न सक्ने अपेक्षा गरिएको छ ।
सहकारीले आफ्ना शेयर सदस्यहरूको कृषि कौशी खेती सम्बन्धी दुई दिने निःशुल्क तालिम सुरु गरेको सहरकारीका अध्यक्ष दुगा प्रसाद खरेलले बताउनु भयाे । उहाँले सहकारी मार्फत कौशी खेती गर्दा स्वच्छ तरकारी तथा फलफूल खान पाउने तथा कौशी खेती गर्दा शारीरिक व्यायाम समेत हुने भएको सुरुमा आफ्नो सेयर सदस्यबाट सुरुबाट गरिएको बताउनु भयाे ।
तिलोत्तमा वार्ड ५ का वार्ड अध्यक्ष रमेश डुम्रेले वार्डले कौशी खेती प्रद्धवन गर्नको लागि जैविक मल तथा अन्य उपकरणमा सहयोग गर्ने बताउनु भयाे ।
उक्त सहकारी तिलोत्तमा नगरपालिका वार्ड १, ४, ५, ६ धेरै सदस्य रहेका छन् । हालै कार्यक्षेत्र विस्तार गरेर बुटवल उपमहानगरपालिका पनि सदस्यहरू थप्ने काम भइरहेको सहकारीका व्यवस्थापक दीपक थापाले जानकारी गराउनु भयाे ।
घर घरमा कौशी खेती अभियन्ता तथा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भुसालले कौशी खेती गर्दा पोषणमा सुधार हुने भएकोले राज्यले थप पहल गर्नुपर्ने बताउनु भयाे । उहाँले नेपालमा रासायनिक मल उद्योग स्थापना गर्ने नाममा धेरै खर्च भएकोले अव जैविक मल उत्पादनमा जोड दिनुपर्ने बताउनु भयाे ।
विषाक्त खानाका कारणले नेपालमा धेरै नसर्ने खालमा रोगहरू वृद्धि भएकोले कौशी खेती गरी स्वच्छ तरकारी खाँदा रोगबाट बच्नेदेखि आर्थिक रुपमा लाभ लिन सकिन भएकोले सबै यो अभियानमा जोडिनु पर्ने बताउनु भयाे ।
तामिलमा डा. भुसाल, कृषि ज्ञान केन्द्र रुपन्देहीका प्राविधिक जीवन ज्ञवालीले सहकारी सदस्यहरूलाई कौशी खेती गर्ने विधिको बारेमा सहजीकरण गर्नु भएकाे थियाे ।