लुम्बिनीमा काँग्रेसको प्रशिक्षण : पार्टी  वलियो बन्ने विश्वास

1.3K

लुम्बिनीमा काँग्रेसको प्रशिक्षण : पार्टी  वलियो बन्ने विश्वास

लक्ष्मण राना

लुम्विनी प्रदेशका १२ जिल्लाका अगुवा काँग्रेस कार्यकर्तालाई प्रशिक्षक वनाएर जिल्ला जिल्लामा पठाउने काममा प्रदेश काँग्रेस अहिले अहोरात्र खटिरहेको छ ।
तीन दिनसम्म चलेको प्रशिक्षक प्रशिक्षणको उद्घाटनको क्रममा नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले काँग्रेसले मुलुकका हरेक महत्वपूर्ण परिवर्तनहरुमा ठुलो योगदान गरेको तर त्यसका बिषयमा जनतालाई वुझाउँन नसकेको स्वीकार गर्दै, काँग्रेसका नेतालाई समयानुसार सुधार लग्नुपर्ने वेला आएकोले बताउनु भयाे । सहमहामन्त्री राठौरले, सिष्टमको बिकास गर्नुपर्ने वेला आएको, पार्टी भित्र अहिले अनुशासनमा कमी भएको पनि स्वीकार गर्नु भयाे ।
राठौरले, उपनिर्वाचनको परिणाम र त्यसबारे  पार्टीका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शमालार्ई लक्षित गर्दै,उपनिर्वाचनमा उहाँहरुलाई खटाएका थियौ, परिणाम हाम्रो अनुकुल आएन, त्यसकारण व्यक्तिगत प्रभावले मात्रै परिणाम राम्रो आउँदैन भन्ने देखियो, अव यस्ता गल्तीहरु सच्याउँनुपर्छ, लोकतन्त्र र बिकास वाहेक केही नपाएका तल्लोस्तरका भुई मान्छेको अभिभावक बनेर अगाडी बढ्नुको विकल्प काँग्रस वन्नुपर्नेमा जोड दिनुभयाे ।
प्रदेश प्रशिक्षण बिभागको यो अभियान १४ औं महाधिवेशन पछिको देशकै पहिलो अभियान भएको वताईएको छ । पार्टीका हरेक कार्यकर्तामा देखिएको नैरास्यतालाई कम गर्न यो कार्यक्रम प्रभावकारी हुने लुम्विनी प्रदेशका सभापति अमर पुनको दावा छ । सभापति पुनले, अव पार्टीका हरेक कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्छ, अनि मात्र काँग्रेस प्रति युवा पुस्ताको आकर्षण बढ्छ, ।
लुम्विनी प्रदेशकै पवित्र प्युठानको भूमिस्वर्गद्वारीमा वैशाख २९, ३० र ३१ गते तीन दिन सम्म चलेको प्रशिक्षक प्रशिक्षण तालिममा केन्द्रीय नेताहरु र अव्वल प्रशिक्षकहरुले जिल्लाको प्रशिक्षण विभाग र प्रशिक्षक वन्ने सोंचका साथ सहभागिभएका १ सय ५० जना नेतालाई काँग्रेसको नीति, कार्यक्रम र भावी योजनाका बिषयमा प्रशिक्षित गरेका हुन । प्रशिक्षणमा मुलुकको वर्तमान राजनैतिक परिदृश्य र भ्रष्टाचारको आरोप लागेका घटनाहरुको पनि खुलेर समीक्षा गरिएको प्रदेश प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । सहभागिहरुले जिल्लालाई केन्द्र र प्रदेशले दिएका निर्देशनलाई पुर्ण रुपमा कार्यन्वयन गर्ने, नीति अधिवेशन, भातृसंस्थाहरुको विस्तार, युवा परिचालन, पुराना नेताहरुको सम्भानमा कमी आउँन नदिनेखालका कार्यक्रमलाई पार्टी तल्लोतह सम्म प्रभावकारी नवाएर लग्ने बिषयमा जोडदार माग गरिएको श्रेष्ठले जानकारी दिनुभयाे ।
प्रशिक्षणमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, अर्का केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेलले वर्तमान राजनैतिक अवस्था र पार्टीले अव चाल्नुपर्ने अर्थनीतिका बिषयमा खुलेर वहस चलाउनु भएकाे थियाे । प्रशिक्षणमा नेपाली काँग्रेस लुम्विनी प्रदेश सदस्य तथा प्रदेश सांसद निमा गिरी, युवा नेता गुरुराज घिमिरे, प्रशिक्षण प्रतिष्ठानका पुर्वकेन्द्रीय सदस्य विरेन्द्र शाह, तीर्थ पौडेल लगायतका आधा दर्जन महत्वपूर्ण व्यक्तित्वहरुले आवासीय प्रशिक्षण दिनु भएकाे थियाे  ।