बुटवल उपमहानगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेसले वडा सम्मेलन गरेको छ । सम्मेलनमा पार्टीलाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
वडा सभापति ताराप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा महासमिति सदस्य बालकुमारी भण्डारी, लुम्बिनी प्रदेश सदस्य जमुना ढकाल, बुटवल नगरसभापति खेलराज पाण्डे, उपसभापति ज्योती भण्डारी, लोकनाथ न्यौपाने, सुरेन्द्र श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम सचिव रमेश न्यौपानेको सञ्चालनमा भएको थियो ।