यो वर्षको मनसुनमा सरदर भन्दा कम वर्षा हुने सम्भावना देखिएको छ । यो वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने जल तथा मौषम विज्ञान विभागले जानकारी गराएको हो ।
मन्त्रालयले गरेको यो वर्षको मनसुन समय जेठ १८ देखि असोज १३ गते सम्मको हावापानी आकलन प्रक्षेपण अनुसार आगामी मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना औल्याएको हो । कोशी प्रदेशका मध्ये तथा उत्तरपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने सम्भावना छ ।
त्यस्तै अधिकतम् तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने छ । धेरैजसो भू–भागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ ।