चलचित्र पत्रकार संघ रुपन्देहीले दुई पत्रकारलाई सम्मान गरेकाे छ । संघकाे स्थापना दिवसकाे अवसरमा शनिबार बुटवलमा सम्मान तथा पुरस्कार प्रदान कार्यक्रकाे आयाेजना गरी एन.वि. चलचित्र पत्रकारिता सम्मान-२०७९ बाट पत्रकार टाेपराज शर्मा र नवाेदित चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चरकर्मी विरेन्द्र कुवरलाई सम्मान गरिएकाे हाे ।
उहाहरुलाई गाइका देबिका बन्दना, संघका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेल, अध्यक्ष माेहन न्याैपाने, संस्थापक अध्यक्ष सुमन श्रेष्ठले नगद सहित सम्मान पत्र प्रदान गर्नुभयाे ।

संघले स्थापना गरेका एन.वि. चलचित्र पत्रकारिता पुरस्कारकाे राशी १० हजार रुपैयाँ र नवाेदित चलचित्र पत्रकारिता पुरस्कारकाे राशी ५ हजार रुपैयाँ रहेकाे सचिव विकाश गाैतमले जानकारी गराउनु भयाे ।
कार्यक्रममा बाेल्दै गाइका देबिका बन्दनाले पछल्लाे समयमा काठमाणडाैमा जस्तैगरी माेफसलमा पनि विट पत्रकारिता विकास हुँदै गएकाे र त्यसमा पनि बुटवल अग्रपंतिमा रहेकाे बताउनु भयाे । उहाँले चलचित्र क्षेत्रकाे प्रवद्धन तथा विकासमा संघकाे भूमिका अझै ससक्त हुने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेल, संघका संस्थापक अध्यक्ष सुमन श्रेष्ठ, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, सम्मानित पत्रकारहरु टाेपराज शर्मा, विरेन्द्र कुवर लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।