विद्यालय बसका चालक तथा सहचालकलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण गरिएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (एनप्याब्सन) रुपन्देहीले एनप्याब्सन अन्तरगतका विद्यालयका बिद्यार्थी बोक्ने बस, भ्यान, जीपका चालक तथा सहचालकलाई प्रशिक्षण गरेको हो ।
करिव १५० जना चालक सहचालक सहभागि रहेको उक्त प्रशिक्षणमा ट्राफिक नियम तथा असल व्यवहार सम्बन्धि प्रशिक्षण गरिएको एनप्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्यालले जानकारी गराउनु भयो । दुर्घटना हुन नदिनको लागि समयसापेक्ष ट्राफिक नियमको जानकारी गराउन, चालक सहचालकलाई असल व्यवहार अभिबृद्धि गर्नको लागि प्रशिक्षण गरिएको उहाँले बताउनु भयो ।
चालक तथा सहचालकलाई प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारी, सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डे, ब्रमकुमारी ईश्वरीय विश्वविद्यालयका पुरुषोत्तम पनेरु, नेको इन्स्योरेन्सका गोपिलाल पौडेल, यातायात भलाई कोष बुटवलका कार्यालय प्रमुख थानेश्वर बस्याल लगायतले यान्त्रिक सुरक्षा, ट्राफिक नियम, सडकको अवस्था, विद्यार्थी चालक सहचालकबीचको असल व्यवहार, आचरण लगायतका विषयमा प्रशिक्षण गर्नुभएको एनप्याब्सन रुपन्देहीका सचिव सचिव बाबुराम बन्जाडेले बताउनु भयो ।