प्रधानमन्त्री दाहाल भारत जाँदै

1.3K

प्रधानमन्त्री दाहाल भारत जाँदै

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड भोली ९बुधबार० चारदिने औपचारिक भारत भ्रमणमा जाँदै हुुनुहुन्छ । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भोली जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्न लाग्नु भएको हो ।
गत पुस १० गते प्रधानमन्त्री बन्नु भएका दाहालको प्रधानमन्त्री बनेपछि यो पहिलो विदेश भ्रमण हो । आफ्नो भारत भ्रमणबारे सोमबार संसदमा बोल्दै प्रधानमन्त्री दाहालले ऊर्जा, सिँचाइ, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकीलगायत पूर्वाधार निर्माणमा जोड दिइने र नयाँ पारवहन सम्झौता हुने पनि जानकारी गराउनु भयो ।
प्रधानमन्त्री दाहालको चार दिने भ्रमणका क्रममा भारतकी राष्ट्रपति दौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग जेठ १८ मा दिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्ने तयारी छ ।