नेपाल र भारतबीच सात सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सात सम्झौतामा हस्ताक्षर भएको हो ।
ती समझदारीमा हस्ताक्षर पछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेर समझदारी भएका विषयमा जानकारी गराउनु भएको हो ।
तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।
नेपाल र भारत बिच भएका सात सहमति
१. नेपाल–भारत पारवहन सम्झौता नवीकरण ।
२. अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने ।
३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने ।
४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने ।
५. ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए ।
६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति ।
७. नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार ।