नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पुर्वमन्त्री डा.मिनेन्द्र रिजालले, जव सम्म काँग्रेस वलियो वन्दैन, तव सम्म लोकतन्त्र मजवुत हुन सक्दैन, भन्दै पार्टी भित्रको गुट र उपगुटका समस्याहरु समाधान गर्नुको विकल्प नरहेको बताउनु भएकाे छ ।
नेपाली काँग्रेस लुम्विनी प्रदेश प्रशिक्षण विभागको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै, नेता रिजालले, नेताहरु अव सच्चिनुको कुनै पनि विकल्प नरहएको औलयाउँदै, पार्टीका हरेक क्रियाकलाप जनउपयोगी र मुलुकको हितमा हुनुपर्नेमा सबैदलहरु लाग्नुपर्ने पनि वताउनु भयाे ।
दुई दिन सम्म चलेको प्रशिक्षणको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएकाे थियाे । प्रदेशस्तरीय पार्टी अभिमूखिकरण कार्यक्रममा पार्टी र निर्वाचित स्थानीयतहका जनप्रतिनिधी बीचको सम्वन्ध र समन्वयका बिषयमा खुलेर वहस र अन्र्तक्रिया भएको नेपाली काँग्रेस लुम्विनी प्रदेशको सचिवायलयले जनाएको छ ।
प्रदेशका १२ वटै जिल्लाका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला सभापति, संघीय क्षेत्रका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाप्रमुख र उपप्रमुख, गरी १ सय ५० जनालाई सोमवार र मंगलवार दुई दिन सम्म अभिमूखि करण कार्यक्रम प्रभावशाली भएको नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमर सिंह पुनले जानकारी दिनुभयाे । कार्यक्रमले प्रदेश भित्रका सबै जिल्लाका निर्णायक तह र जनप्रतिनिधीलाई कानूनी र व्यवहारिक शीप हासिल गर्न सहयोग पुगेको जानकारी दिदै, अभिमूखि कार्यक्रममा १ सय ५० जना भन्दा धेरैको सहभागिता रहेको प्रशिक्षण विभागका प्रमुख तथा लुम्विनी काँग्रेसका उपसभापति भूवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । यसअघी लुम्विनी प्रदेशले वैशाख २९, ३० र ३१ गते प्रदेश भरीका १ सय ५० भन्दा धेरैलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिसकेकाे थियो ।

अभिमुखि कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले, जनप्रतिनिधी र पार्टी संगठन तथा समसामायिक मुलुकको राजनैतिक अवस्थाका लुम्विनी प्रदेशका मुख्य मन्त्री तथा संसदीय तलका नेता डिल्लीवहादुर चौधरीले प्रदेश सरकार र स्थानीय जनप्रतिनिधीको सम्वन्ध, नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमर सिंह पुनले, पार्टी र जनप्रतिनिधिको भूमिका, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री डा.मिनेन्द्र रिजालले, नेपाली काँग्रेस र वर्तमान समसामायिक राजनैतिक अवस्था, लुम्विनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नकुल केसीले, योजना निर्माणका र कार्यान्वयन, नेपाल सरकारमा पुर्वमुख्यसचिव तथा प्रशिक्षक डा.सोमलाल सुवेदीले राजस्व परिचालन र योजना तर्जमा प्रक्रिया, पुर्वसहसचिव पुरुषोत्तम नेपालले, वेरुजु फस्र्योट खरिल, वरिष्ठ प्रशिक्षक तीर्थ पौडेलले,वैठक सन्चालन विधी र प्रक्रिया, गाउँपालिका राष्र्टिय महासंघका केन्द्रीय सल्लाहकार लेखनाथ पोख्रेलले स्थानीय सरकार र सन्चालन परिवेश, अनुभव आदान प्रदान भएको प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।