लुम्बिनी : एकल लोक गीत प्रतियोगिताको फाईनलमा २३ कलाकार भिड्दै

1.3K

लुम्बिनी : एकल लोक गीत प्रतियोगिताको फाईनलमा २३ कलाकार भिड्दै

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजनामा तेस्रो संस्करणको लुम्बिनी प्रदेश स्तरिय एकल लोक गीत प्रतियोगिताको फाईनल प्रतिस्पर्धा आज हुँदै छ । अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट छनौट चरण पार गरेर आएका कलाकारहरु बिचमा हुने ग्राण्ड फिनालेमा २३ जना कलाकार प्रतिस्पर्धा गर्ने प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष दिपु मगरले जानकारी गराउनु भयो । उहाँका अनुसार १२ जिल्लामा भएको छनौट चरणमा भने १ हजार बढी कलाकार सहभागि भएका थिए ।
‘हाम्रो चाहना, लोकसंस्कृतिको जर्गेना’ भन्ने नारासहित यो कार्यक्रम गर्न लागिएको हो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करण कोरोना महामारीको समयमा अनलाईन मार्फत गरिएको थियो ।
ग्राण्ड फिनालेका विजेतालाई ५१ हजार १ सय ५१ रुपैया नगर पुरस्कार सहित सहित, कप, प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतालाई ३१ हजार १ सय ५१ रुपैया, तृतिय हुनेलाई २१ हजार रुपैया र सान्त्वनालाई नगद ५ हजार १ सय रुपैया नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै विजेतालाई संगितकार खेम सेन्चुरीको नयाँ गीतमा आवाज दिन अवसर प्रदान गरिने उहाँले बताउनु भयो । त्यसै अवसरमा लुम्बिनी कलाकार हितकोष घोषणा गरिने अध्यक्ष मगरले जानकारी गराउनु भयो ।