अर्घाखाँचीमा पहिरोले तीन जना बालबालिकाको ज्यान लिएको छ । घरमाथि पहिरो खस्दा अर्घाखाँचीको पाणिनीगाउँपालिका वडा नं. १ गोवनपानीमा तीन जना बालबालिकाको ज्यान गएको हो ।
आज मंगलबार बिहान ५ बजेतीर माथिबाट आएको पहिरोले गंगा रास्कोटीको घर पुरिँदा घरमा रहेका तीनजना बालबालिकाको मृत्य भएको वडा अध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी गराउनु भएको छ ।
घटनास्थलबाट तीनवटा शव निकालिएको र सनाखतको लागि तयारी गरिएको प्रहरीले जनाएको छ ।