रुपन्देहीकाे तिलाेत्तमामा इनरह्वील क्लव अफ तिलाेत्तमाले बृक्षराेण गरेकाे छ । तिलाेत्तमा नगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गकाे दायाबाया सर्भिसलेन भित्र बृक्षराेपण गरिएकाे हाे ।
क्लवले तिलाेत्तमा नगरपालिका, वडा नं. ५, तिलाेत्तमा जेसीज समेतकाे सहकार्यमा मणिग्राम चाेकदेखि कफि कम्पनीसम्म फूल, आँप, लिचि, कटहर, बाँस लगायतका ५ सय बिरुवा राेपिएकाे इनरह्वील क्लव अफ तिलाेत्तमाकी अध्यक्ष सपना रेग्मी लम्सालले जानकारी गराउनु भयाे ।

बृक्षराेपण कार्यक्रममा बाेल्दै तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई हरित नगरकाे रुपमा विकास गर्ने नगरपालिकाकाे याेजना रहेकाे बताउनु भयाे । उहाँले नगरकाे याेजनालाई सहयाेग पुग्नेगरी बृक्षराेपण गरेकाेमा धन्यवाद ज्ञापन गर्दै राेपिएका विरुवालाई बचाउन र हुर्काउन पनि आग्रह गर्नुभयाे ।
त्यस्तै तिलाेत्तमा नगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डुम्रेले राेपिएका विरुवाकाे स्याहार सुसार तथा संरक्षण वडा कार्यालय गर्ने जिम्मा लिनुभयाे ।
कार्यक्रममा इनरह्वील क्लव अफ मिडटाउन बुटवलकी अध्यक्ष प्रभा अर्याल, तिलाेत्तमा जेसीजका अध्यक्ष प्रकाश गाैतम, संस्थापक अध्यक्ष विनाेद ढकाल, पुर्व अध्यक्ष यादव भट्टराई लगायतले भनाई राख्नु भएकाे थियाे ।