मोटरसाईकल चोरी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बुटवलले एक महिनाको अवधिमा १२ जनालाई पक्राउ गरेको छ भने चोरी भएका ७ वटा मोटरसाईकल बरामद गरिएको जनाएको छ ।
रुपन्देहीको बुटवल आसपासबाट मोटरसाईकल चोरी भएकोमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वय तथा मातहतका कार्यालयहरुको सक्रियता र छिमेकी जिल्लाहरुको समेतका समन्वयमा एक महिनाको अवधिमा चोरी भएका ७ वटा मोटरसाईकल सहित १२ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले जानकारी गराउनु भयो ।
मोटर साईकल चोरी गरेको अभियोगमा प्रहरीले बुटवल ३ ज्योतीनगरका १९ वर्षीय तरुण राना, नवलपरासी रामग्राम १४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम १६ का २० वर्षीय करन थारु, गुल्मी घर भई तिलोत्तमा ५ रुपन्देही बस्ने २६ वर्षीय सरोज थापा, दिपक रेगामी मगर, तिलोत्तमा ६ का २४ वर्षीय दिनेश थापा, २५ वर्षीय हितेश रानालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तैगरी पक्राउ पर्नेमा बागलुङ बरेङ ५ का १९ वर्षीय आशिष सामत, २० वर्षीय दिपक सामत, २९ वर्षीय गोरे भनिने प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री र तिलोत्तमा ४ का १८ वर्षीय आकाश नेपाली रहेका छन् । पक्राउ परेका उपर चोरी सम्बन्धि कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी गराएको छ ।
वरामद मोटरसाईकल :-
- मिति २०७९।१०।१२ गते राती जिल्ला रुपन्देही, बुटवल उ.म.न.पा. वडा नं.-१३ बदेलपोखरी स्थितवाट किसन राहादी मगरको लु ४९ प ६४०१ नं. को पल्सर मोटरसाईकल चोरी भएकोमा मिति २०८०।०३।१७ गते जिल्ला बाग्लुङ, बरेङ गा.पा. वडा नं.-५ पिडालुवारीवाट फेला परेको ।
- मिति २०७९।११।२४ गते राती जिल्ला रुपन्देही, बुटवल उ.म.न.पा. वडा नं.-३ ज्योतीनगर स्थितवाट दिनेश क्षेत्रीको लु ५७ प ९४०४ नं. को पल्सर मोटरसाईकल चोरी भएकोमा मिति २०८०।०२।१७ गते जिल्ला रुपन्देही, बुटवल उ.म.न.पा. वडा नं.-३ ज्योतीनगरवाट फेला परेको ।
- मिति २०७९।१२।२१ गते राती जिल्ला रुपन्देही, तिलोत्तमा न.पा. वडा नं.-९ कविराजपथ स्थितवाट शिसिर भट्टराईको लु ५१ प ६४८० नं. को यमाहा कम्पनमि FZ मोटरसाईकल चोरी भएकोमा मिति २०८०।०३।२० गते जिल्ला रुपन्देही, तिलोत्तमा न.पा. वडा नं.-२ योगीकुटीमा फेला परेको ।
- मिति २०८०।०१।२३ गते राती जिल्ला रुपन्देही, तिलोत्तमा न.पा. वडा नं.-५ नयाँमिलवाट नारायण अर्यालको लु ५६ प ३१३२ नं. को बुलेट मोटरसाईकल चोरी भएकोमा मिति २०८०।०३।१७ गते जिल्ला बाग्लुङ, बरेङ गा.पा. वडा नं.-५ पिडालुवारीवाट फेला परेको ।
- मिति २०८०।०२।१० गते राती जिल्ला रुपन्देही, बुटवल उ.म.न.पा. वडा नं.-६ स्थित लुम्बिनी प्रादेशिक अस्पताल भित्र पार्कीङवाट राम प्रसाद गिरीको लु ८० प १९४३ नं. को पल्सर मोटरसाईकल चोरी भएकोमा मिति २०८०।०३।०३ गते जिल्ला रुपन्देही, देवदह न.पा. वडा नं.-१ छ नम्वरचोकमा फेला परेको ।
- मिति २०८०।०३।०६ गते राती जिल्ला रुपन्देही, बुटवल उ.म.न.पा. वडा नं.-११ कालिकानगर स्थितवाट बिशाल कुवँर क्षेत्रीको लु १२ प ८८७ नं. को बजाज कम्पनिको पल्सर मोटरसाईकल चोरी भएकोमा जिल्ला रुपन्देही, तिलोत्तमा न.पा. वडा नं.-२ जानकीनगर फेला परेको ।
- मिति २०८०।०३।१४ गते राती जिल्ला रुपन्देही, तिलोत्तमा न.पा. वडा नं.-५ नयाँमिल गंगापथ स्थितवाट ऐ. ऐ. बस्ने टंकनाथ उपाध्यायलको बा ६८ प १६२६ नं. को मोटरसाईकल चोरी भएकोमा मिति २०८०।०३।१५ गते जिल्ला रुपन्देही, तिलोत्तमा न.पा. वडा नं.-६ गोरकट्टामा फेला परेको ।