लियो बुटवल मेट्रोसिटीमा पद हस्तान्तरण

1.3K

लियो बुटवल मेट्रोसिटीमा पद हस्तान्तरण

लियो क्लब अफ बुटवल मेट्रोसिटिको पद हस्तान्तरण   कार्यक्रम सम्पन्न भएको छ । क्लबका निबर्तमान अध्यक्ष मित्रजन भन्डारिले नवनिर्वाचित अध्यक्ष सन्जिब सुनारलाइ पद हस्तान्तरण गर्नुभएको हाे ।
आफ्नो पदभार ग्रहण गर्दै अध्यक्ष सुनारले आफ्नो कार्यकालमा क्लबलाई सामाजिक क्षेत्रमा थप उचाइमा पुराउने बताउनु भयाे ।
लियो जिल्ला परिषद ३३५ पि नेपालका अध्यक्ष सरोज महत्तोको आतिथ्यता रहेको कार्यक्रममा लायन्स जिल्ला परिषद ३२५ पि नेपालका एरिया चिफ बिनोद सुवेदी,  क्लबका मुख्य सल्लाहकार उमेश अधिकारी र  लियो जिल्ला परिषद ३२५ पि नेपालका उपाध्यक्ष श्रद्धा कुवरको आतिथ्यता रहेको कार्यक्रममा भएकाे कार्यक्रममा मन्तव्य राख्दै निवर्तमान अध्यक्ष  भन्डारीले समाजसेवा गर्ने अवसर क्लबको माध्यमबाट गर्न पाएकोमा खुसी भएको  बताउनुभयो ।
आफ्नो कार्यकाल उत्कृष्ट र  सहज बनाउन सहयोग गर्नुहुने सम्पुर्ण लियो लायनलाई  मायाको चिनो  समेत वितरण गर्नुभएको थियो  । प्रमुख अतिथि सरोज महतो, बिनोद सुबेदी, उमेश अधिकारी, श्रद्वा कुवर, राम बेलाबासे, गोबिन्द बन्जाडे, मनोज गौतम, दिपेन्द्र पौडेलले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा क्लबले १५ जना नया सदस्यहरुलाई जोडेको छ |