पाल्पा मालमुल रुपन्देही सम्पर्क मञ्चले रिब्दीकोट ३ मालमुलका स्वर्गीय अजय पौडेलको परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । ब्लड क्यान्सरबाट ग्रसित रिब्दीकोट गाउँपालिका वडा नं. ३ मालमुल निवासी पौडेलको उपचारको क्रममा यहि असार ९ गते काठमाण्ठौ स्थित सिभिल अस्पतालमा निधन भएको थियो ।
उहाँको उपचारमा सहयोग गर्नको लागि मञ्चले आर्थिक सहयोग संकलन गर्दै थियो । तर संकलन भएको रकम प्रदान गर्न नपाउँदै पौडेलको निधन भएको आर्थिक संकलन समितिका संयोजक अनिल कुवँरले बताउनु भयो ।
मञ्चले आर्थिक संकलनकै क्रममा निधन भएपछि संकलित रकम स्वर्गीय पौडेलकी आमा लक्ष्मी पौडेललाई प्रदान गरिएको मञ्चका अध्यक्ष सुनिल कुवँरले बताउनु भयो । उहाँलाई मञ्चले ८१ हजार २८५ रुपैंया आर्थिक सहायता प्रदान गरिएको मञ्चका कोषाध्यक्ष सरोज थापाले जानकारी गराउनु भयो ।