बी.पी.को शालिकमा माल्यार्पण

1.3K

बी.पी.को शालिकमा माल्यार्पण

बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७, रुपन्देहीले नेपाली कांग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४१ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ ।
बुटवल–७ बी.पी. बाटिकामा रहेको बी.पीको अर्धकदको शालिकमा आज बिहान माल्यार्पण गरिएको हो । बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७ ले ४१ औं बी.पी. स्मृति दिवस र प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर बी.पी.को शालिकमा माल्यार्पण गरिएको हो । 
माल्यार्पण कार्यक्रममा बी. पी. कोईराला अध्ययन प्रतिष्ठानका कार्यबाहक अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बी.पी विचार, सिद्धान्त र निष्ठा हरेक कांग्रेसजनका लागि मार्गदर्शन रहेको बताउनु भयो । बी.पी.को मार्गदर्शनलाई हरेक काँग्रेस जनले पार्टी जीवनमा अबलम्बन गर्दै आजैका दिनदेखि गुट उपगुटलाई छोडेर सबैले पार्टी एकतामा जोड दिनुपर्ने बताउनु भयो ।
बी.पी. स्मृति दिवस, बी.पी. जयन्ती, राष्ट्रिय मेलमिलाप तथा एकता दिवस लगायतका अवसरमा प्रतिष्ठानले छलफल, अन्तरक्रिया, गोष्ठि तथा अन्य रचनात्मक कार्यक्रम गर्दै आएको कार्यवाहक अध्यक्ष क्षेत्रीले बताउनु भयो । 
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, सचिव खिमानन्द भट्टराईलगायतले बी.पी.ले अवलम्बन गरेको मेलमिलाप तथा एकताको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको धारणा राख्नुभएको थियो ।
माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सदस्य, पार्टीका महाधिबेशन प्रतिनिधि, प्रदेश तथा जिल्ला सदस्यहरु, वडा समितिका पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानले ४१ औं बी.पी. स्मृति दिवसकै अवसरमा शनिवार सांझ बी.पी. बाटिकामा दीपावली गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सहसचिव दिनानाथ गिरीले जानकारी गराउनु भयो । 
बी.पी.स्मृति दिवसकै अवसरमा नेपाली कांगे्रस रुपन्देहीले तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण, बुटवल नगर  समितिले बुटवल बी.पी. चोक स्थित बी.पी.को शालिकमा माल्यार्पण, क्षेत्रीय समिति क्षेत्र नं. १ रुपन्देहीले विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेका छन् ।