मौद्रिक नीतिले अर्थतन्त्र थप चलायमान बनाउँछ : अर्थमन्त्री महत

1.3K

मौद्रिक नीतिले अर्थतन्त्र थप चलायमान बनाउँछ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्रबैंले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता समेत रहनु भएका अर्थमन्त्री महतले भन्नुभयो–‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ, यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ, जग्गा कारोबार पनि सहज हुन्छ ।’
मौद्रिक नीतिले बैंकहरुको व्याजदर खुकुलो बनाएको र त्यसले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्ने बताउनु भयो । यसले शिथिल बनेको अर्थतन्त्री थप चलायमान हुने उहाँको विश्वास छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनेगरी नीति तर्जुमा गरेको चालु आर्थिक वर्षमा अर्थतन्त्रमा उल्लेखनीय सुधार हुने बताउनु भयो ।
अब बैंकको व्याजदर पनि घट्दै जाने बताउँदै उहाँले क्रमशः सबै कुरामा सुधार हुने दावी गर्नुभयो । तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको र त्यसकै कारण पछिल्लो पटक ठूलो परिणाममा सुन बरामद भएको बताउँदै यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने र कानुनी दायरामा ल्याईने बताउनु भयो ।
उहाँले पार्टीको केन्द्रीय समितिको बैठकलाई लाईभ गरिएका कारण पार्टी भित्र र बाहिर पनि एउटै बोली आउने बताउनु यसलाई सकारात्मक रुपमा लिनुपर्ने भनाई राख्नुभयो । कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।