खाना पकाउने एलपि ग्याँसकाे मूल्य प्रति सिलिन्डर १ हजार ६६० रुपँया कायम भएकाे छ । नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागुहुने गरी एलपि ग्याँसकाे मुल्यमा १३० रपैयाँ घटाएर १ हजार ६६० रुपैयाँ कायम गरेकाे हाे । यश अगाडि एलपि ग्याँसकाे मूल्य १ हजार ७९० थियाे ।
निगमले पेट्रोलियम पदार्थको मूल्य भने बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण निगमले मूल्य समायाेजन गर्दा पेट्राेलियम पदार्थकाे बढाएकाे जनाएकाे छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।
