इनरव्हिल क्लब अफ मिडटाउन बुटवलको १५ औ पद हस्तान्तरण एव पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।वर्ष २०२३/२४ का लागि अध्यक्ष देवी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। न्यौपानेलाई वर्ष २०२२/२३ का अध्यक्ष प्रभा अर्यालले पद हस्तान्तरण गर्नुभएकाे हाे ।
जसको भिपिमा राधिका देवी रिजाल, आईभिपिमा प्रभा अर्याल, सचिवमा सुमित्रा न्यौपाने,आईएसओ जुनु अर्याल,कोषाध्यक्षमा सुशीला पोख्रेल, ईडिटरमा सुशीला आचार्य तथा एक्जुकेटिभ मेम्बरमा जमुना श्रेष्ठ र प्रेरणा केसी चयन हुनुभएकाे छ । साथै सह सचिवमा रिया भण्डारी, सह कोषाध्यक्षमा गीता खनाल, सल्लाहकारहरूमा मिठु भण्डारी र सरस्वती ढुङ्गानालाई चयन गरिएकाे छ ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफूले आफ्नो कार्यकालमा सदस्यता वृद्धि सँगै सामाजिक उत्तरदायित्व तथा राहतका कार्यक्रम गर्ने बताउनु भयाे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दान बहादुर थापाले आवश्यक सहकार्य गर्न तयार रहेको बताउँदै समाज परिवर्तनमा सामाजिक क्लबहरूको भूमिकाको प्रशंसा गर्नुभयाे ।
डिस्ट्रीक चेयरमेन टुना थापाको प्रमुख आतिथ्यता, आशा श्रेष्ठ, समिरा ध्वजु, कमला श्रेष्ठ, डिएसपि थापाको बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा ईनरव्हिल क्लब बुटवलका अध्यक्ष यमुना श्रेष्ठ, आशा श्रेष्ठ, खेम रेग्मी लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा भविष्य निर्माण माध्यमिक विद्यालयमा अध्ययनरत आश्मा परियारलाई छात्रवृत्ति समेत बितरण गरिएको थियो ।