नेपाली काँग्रेस रुपन्देहीले पार्टी भित्र आन्तरिक विशेष अभियान सुरु गरेको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार जिल्लामा दश दिने विशेष अभियान सुरु गरिएको हो ।
पार्टीमा आन्तरिक कमिकमजोरी पत्ता लगाएर त्यसको सुधार गर्नको लागि आन्तरिक अभियान सुरु गरिएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी गराउनु भयो । उहाँका अनुसार पार्टीमा भएका कमिकमजोरी सुधार गर्ने र पार्टीलाई २१ औं सताब्दिको गतिशिल, सवल र सक्षम बनाईने छ ।
यो अभियानका लागि केन्द्रबाट केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रदेश समितिबाट गुल्मीका पूर्व पार्टी सभापति त्रिलोक प्रताप सिंह प्रतिनीधिको रुपमा खटिनु भएको छ ।
केन्द्रीय प्रतिनीधि सहित सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय कार्यक्रमको लागि तालिका निर्धारण सहित क्षेत्र तथा पालिकामा जिल्लाबाट प्रतिनीधि खटाउने निर्णय गरेको छ । जस अनुसार क्षेत्र नं. १ मा यहि साउन २५ गते कार्यक्रम गरिने छ । त्यस्तै क्षेत्र नं. २ मा २६ गते, क्षेत्र नं. ३ मा २८ गते, क्षेत्र नं. ४ मा २९ गते र क्षेत्र नं. ५ मा ३० गते कार्यक्रम गर्ने मिति तय गरेको हो ।
त्यस्तै जिल्लाले क्षेत्र नं. १ मा कोषाध्यक्ष हरिप्रसाद अर्याल, क्षेत्र नं. २ मा सहसचिव बासुदेव रिमाल, क्षेत्र नं. ३ मा सचिव हरि काफ्ले, क्षेत्र नं. ४ मा सहसचिव विष्णु थापा र क्षेत्र नं. ५ सचिव परमानन्द भट्टराईलाई प्रतिनीधिको खटाउने निर्णय गरेको छ ।
पालिकाहरुमा भने जिल्ला सदस्यलाई प्रतिनीधिको रुपमा खटाईएको छ । यसै विचमा जिल्लाबाट खटिएका प्रतिनीधिहरुले पालिकासंग समन्वय गरेर कार्यक्रम गर्ने सचिव हरि काफ्लेले जानकारी गराउनु भयो । साउन ३२ गते अभियानको औपचारिक रुपमा समापन गरिने नेपाली काँग्रेस रुपन्देहीले जनाएको छ ।