अरिङ्गालले टोकेर युवकको मृत्यु

1.3K

अरिङ्गालले टोकेर युवकको मृत्यु

गुल्मीमा अरिङ्गालले टोकेर एक एक युवकको मृत्यु भएको छ । अरिङ्गालको गोलो पोल्ने क्रममा गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार बेलुका साथीहरुसंग देवीस्थान सामुदायिक बनमा अरिङ्गाल पोल्न गएको र सल्लाको बोटमा रहेको अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेपछि उनी घरमै आराम गरेका थिए । निको नभएपछि मंगलबार बिहान गुल्मी अस्पताल पुर्याईएको र उपचारकै क्रममा मंगलबार विहान उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।