मिडिया सम्मेलन-२०८० : १४ बुदे बसन्तपुर घाेषणा पत्र जारी

1.3K

मिडिया सम्मेलन-२०८० : १४ बुदे बसन्तपुर घाेषणा पत्र जारी

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले आयाेजना गरेकाे मिडिया सम्मेलन ३४ बुदे बसन्तपुर घाेषणापत्र जारी गर्दै सकिएकाे छ । शुक्रबार बुटवलमा सुरु भएकाे मिडिया सम्मेलन शनिबार पाल्पाकाे बसन्तपुरमा घाेषणापत्र जारी गर्दै सकिएकाे हाे ।
सरकारी र नीजि क्षेत्रले मिडिया हाउसलाई सहयात्रीको रुपमा सहकार्य गर्ने वातावरण बनाउँन सम्मेलन माग गरेकाे छ ।

मिडिया सम्मेलनमा जारी घाेषणा पत्र

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजनामा भएको मिडिया सम्मेलन २०८० बसन्तपुर घोषणा पत्र

प्रदेश भित्रका सम्पूर्ण मिडियाका सञ्चालकहरुको सहभागीता, प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा मिति २०५० साल भाद्र १ र २ गते चलेको मिडिया सम्मेलन २०८० मा उठेका सवाललाई समेटेर यो बसन्तपुर घोषणा पत्र २०८०, सार्वजनिक गरिएको छ । १) लुम्बिनी प्रदेशमा मिडिया हाउसहरुको संख्या उल्लेख्य छन् । मिडिया हाउसमा लुम्बिनी प्रदेश भित्र हजारौ संख्यामा सञ्चारकर्मी सहित विभिन्न पदमा कार्यरत जनशिक्त छन् । मिडिया हाउसहरुलाई कोरोना कहरसगै सरकारी क्षेत्रको नीतिगत अस्पस्टताको कारणले मिडिया उद्योगले सोचे अनुसारको सामाजिक उत्तरदायित्व बहन गर्न सकेका छैनन् । त्यसैले सरकारी र नीजि क्षेत्रले मिडिया हाउसलाई सहयात्रीको रुपमा सहकार्य गर्ने वातावरण बनाउँन सम्मेलन माग गर्दछ ।

२) मिडिया हाउस आर्थिक रुपले सवल र सक्षम हुन नसकेकाले सोचे अनुसारको मिडियाको सामग्री उत्पादन र मिडियाकर्मीलाई परिश्रमिक उपलब्ध गराउन कठिन भएको छ । त्यसैले मिडियालाई सबल बनाउन आर्थिक पक्ष बलियो हुनुपर्दछ । मिडिया हाउसहरुको मुख्य आम्दानीको स्रोत विज्ञापन बजार हो। यसलाई व्यवस्थित गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँगै उद्योग, व्यवसाय र अन्य निकायहरुले मिडिया हाउसलाई सवलिकरण र सामाजिक जवाफदेहीता अभिवृद्धिमा लाग्न प्रोत्साहन गर्न र समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ ।

३) मिडिया हाउस सक्षम र सवल भएको खण्डमा मात्र श्रमजीवी पत्रकार ऐनको व्यवहारिक कार्यान्वयन गर्न सकिने भएकाले सम्मेलन मार्फत यस विषयमा सबैपक्ष गम्भिर हुनुपर्ने र हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न यो सम्मेलन माग गर्दछ ।

४) तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलब्ध गराउने व्यवस्था मिलाउन यो सम्मेलन माग गर्दछ ।

५) सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्ब शुरु गर्न यो सम्मेलन जोरदार माग गर्दछ ।

६) निजि क्षत्रलाई बिज्ञापन, व्यवसाय प्रवर्द्धनमा गरिएको लगानी हो, यसको प्रतिफल तत्काल भन्दा पनि दीर्घकालीन हुन्छ भन्ने बुझाईलाई व्यापक बनाउन मिडिया उद्योगले सहयोग गर्ने र मिडिया उद्योगको कामका लागी नीजि क्षेत्रलाई अभिप्रेरित गर्न आवश्यक वातावरण बनाउन यो सम्मेलन माग गर्दछ ।

७) सरकार चारगृहलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत वृद्धि गर्न, यो सम्मेलन माग गर्दछ ।

८) रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउनुपर्ने यो सम्मेलन माग गर्दछ । साथै दतां विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन समेत जोडदार माग गर्दछौ ।

९) संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न यो सम्मेलन माग गर्दछ ।
(१०) प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याजअनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न सम्मेलन प्रेस काउन्सिल नेपाल समक्ष अनुरोध गर्ने घोषणा गर्दछ ।

११) बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ

१२) लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनका लागी लुम्बिनी केवलकार सञ्चालन भएकाले नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।

१३) यो सम्मेलन सफल पार्न सहयोग पुऱ्याउने प्रदेश सरकार, स्थानीय सरकारहरु, नीजिक्षेत्र र विभिन्न संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै अगामी दिनमा यस्तै सहकार्य रहिरने विश्वास व्यक्त गर्दछौ।

१४) प्रदेशका मिडिया हाउसहरुको सवलिकरणमा तीनै तहका सरकारहरु र नीजिक्षेत्रसंग सहकार्य गर्न प्रकाशन तथा प्रशारण संघ, लुम्बिनी सदैव तयार रहेकाले मिडिया हाउसको विकासले -समृद्धि र विकासमा सहयोग पुग्ने अपेक्षा गर्दछौ ।

जगदीश भट्टराई

घाेषणा पत्र तयारी समिति

अध्यक्ष : नवेराज कुंवर

प्रकाशन तथा प्रशारणि संघ, लुम्बिनी