बिज्ञापन प्रकाशन तथा प्रसारण गरेवापतकाे विल भुक्तानी सम्बन्धी विज्ञापन वोर्डले गरेकाे निर्णयकाे प्रकाशन तथा प्रसारण संघ लुम्विनीले स्वागत गरेकाे छ ।
विशेष गरि सरकारी निकायबाट सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनकाे बील भुक्तानीको प्रकृया पारदर्शी हुन नसकिरहेको र चरम वेथिती बढ्दै गएकाे बेला यसकाे सुधारकाे लागि बाेर्डले केही प्रयास गरेकाे भन्दै संघले उक्त निर्णयकाे स्वागत गरेकाे हाे ।
संघका अध्यक्ष नवराज श्रेष्ठले बुधबार प्रेस विज्ञप्ती प्रकाशित गरी विज्ञापन एजेन्सीहरुले विज्ञापन प्रकाशन तथा प्रसारण गरे वापत सम्वन्धित निकायवाट १५ प्रतिसत मात्र कमिसन लिन पाउने विज्ञापन वोर्डको पछिल्लो व्यवस्थाले धरासायी अवस्थामा पुगेका आम सञ्चार माध्यमलाई केही राहत पुग्ने अपेक्षा गरिएको उल्लेख गर्नुभएकाे छ ।
विज्ञापन वापतको रकम भुक्तानी लिंदा विज्ञापन एजेन्सीहरुले काट्ने बिलसंगै प्रकाशन तथा प्रसारण गर्ने संचार माध्यमले उक्त एजेन्सिलाई काटेको बिल पनि अनिवार्यरुपमा संलग्न गराउनु पर्ने नयाँ व्यवस्थाले सञ्चार माध्यमलाई प्रयोग गरेर बिचमा मोटो कमिसन खाने बिचौलीया प्रथाको पनि अन्त्य हुने आशा गरिएको विज्ञप्तीमा उल्लेख छ ।
संघ लुम्विनीले पछिल्लो याे व्यवस्थालाई सम्वन्धित सवै पक्षले ईमान्दारीताका साथ कार्यान्वयन गर्न पनि आग्रह गरेकाे छ ।