लुम्बिनी बनाउने गरी काम गर्न उपाध्यक्षको निर्देशन

1.3K

लुम्बिनी बनाउने गरी काम गर्न उपाध्यक्षको निर्देशन

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्यार लामा (खेन्पो छिमे छिरिङ)ले लुम्बिनी बनाउने सामूहिक संकल्पका साथ काम गर्न निर्देशन दिनुभएकाे छ । 
नवनियुक्त उपाध्यक्षले विहिबार कार्यालयका कर्मचारीहरुसँग परिचय तथा भेटघाट कार्यक्रममा बुद्धजन्मस्थल लुम्बिनी निर्माण गर्ने संकल्पका साथ काममा खटिन कर्मचारीहरुलाई निर्देशन दिनुभएकाे हाे ।
उपाध्यक्ष लामाले विश्वका २ अर्ब बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनी भएकाले यो पवित्र स्थलको प्रचार प्रसारसँगै कार्यालयको कार्यसम्पादन पनि चुस्त राख्नुपर्नेमा जोड दिनुभयाे । उहाँले कर्मचारीहरुको पेशागत सु्रक्षाका लागि आफुहरु लागि पर्ने बताउँदै संस्थाको काममा लापरवाही गरे कारवाही गर्ने बताउनु भयाे । नेपालको संविधान अनुसार बनेको ऐन, नियमावली, बिनियम, कार्यविधि, निर्देशिका र मापदण्ड अनुसार संस्थाको काम अघि बढाउने बताउँदै पदाधिकारी र कर्मचारीविचको एकताबाट लुम्बिनीलाई अगाडि बढाउने बताउनु भयाे ।  
उपाध्यक्ष लामाले कोषमा यसअघि भएका गरेका कामका आधारमा बनेको दृष्टिकोण परिवर्तन गर्ने गरी काम गर्न आफू आएकाले सहयोग गर्न कर्मचारीहरुसँग आग्रह गर्नुभयाे ।
परिचयात्मक तथा भेटघाट कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतले बोल्दै विभिन्न बिषयहरुका बारेमा जानकारी गराउनु भएकाे थयाे ।  लामालाई साउन १६ गते बसेको मन्त्रिपरिषदले कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।