जेसीज क्षेत्र घ सम्मेलन सुरु : उद्यमशिलता विकासमा मुख्यमन्त्री चौधरीको जोड

1.3K

जेसीज क्षेत्र घ सम्मेलन सुरु : उद्यमशिलता विकासमा मुख्यमन्त्री चौधरीको जोड

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि युवा उद्यमशिलतामा जोड दिनुभएको छ । त्यस्तै पलायन भईरहेको युवा जनशक्तिलाई रोक्न र देश विकासमा सहभागि गराउनको लागि मुलुक भित्रै रोजगारी सिर्जना गर्नुपर्ने भनाई राख्नुभयो ।
नेपाल जेसीजले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र घ सम्मेलनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले प्रदेशमा दुई लाख युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याएको र यो कार्यक्रममा सहयोग गर्न पनि उहाँले जेसीजलाई आग्रह गर्नुभयो ।
यो देशको भविश्य युवाको काँधमा रहेको बताउँदै उहाँले युवालाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गर्नुभयो । जेसीजमा उद्यमशिल युवाहरु रहेको औंल्याउँदै उहाँले रोजगारी सिर्जनामा जेसीजबाट पनि सरकारले केही आशा राखेको भनाई राख्नुभयो ।
त्यस्तै नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरले जेसीजमा १८ देखि ४० वर्ष उमेर समुहका युवाहरु रहेको जानकारी गराउँदै युवाको नेतृत्व व्यक्तित्व विकासमा काम गर्दै आएको भनाई राख्नुभयो ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले अब देशको नेतृत्व युवाले गर्नुपर्ने वेला आएको बताउँदै त्यसको लागि तयार हुन आग्रह गर्नुभयो । उहाँले व्यापार घाटाका कारण देशको अर्थतन्त्र जरजर हुँदै गएको त्यसलाई सहि बाटोमा ल्याउनको लागि आयात प्रतिस्थापन गर्दै निर्वात प्रवद्र्धनमा युवाहरु लाग्नुपर्ने भनाई राख्नुभयो ।
तिलोत्तमा जेसीजको आतिथ्यतामा दुई दिन सम्म चल्ने जेसीज क्षेत्र घ सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने र प्यानल फलफल हुने तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमले जानकारी गराउनु भयो । उहाँका अनुसार सम्मेलनमा थिम सेमिनार, प्रकरण गोष्ठी, जनरल एसेम्बल, विजनेश ट्रेनिङ लगायतका कार्यक्रम हुनेछन् ।
सेम्मेलनमा क्षेत्र घ अन्तरगतका गैडाकोटदेखि पश्चिम महेन्द्रनगर सम्मका ५८ शाखाबाट करिव ५ सय सहभागि रहेका तिलोत्तमा जेसीजका महासचिव महेश पौडेलले जानकारी गराउनु भयो ।