प्लाष्टिकको दाना भनेर ल्याउँदै गरेको दुई ट्रक काजु, किसमिस, कपडा भैरहवा भन्सारबाट बरामद

1.3K

प्लाष्टिकको दाना भनेर ल्याउँदै गरेको दुई ट्रक काजु, किसमिस, कपडा भैरहवा भन्सारबाट बरामद

प्लाष्टिकको दानाको विजकबाट नेपाल भित्र्याउन लागिएको काजु, किसमिस, कपडा लगायतका सामान भैरहवा भन्सार कार्यालयबाट बरामद गरिएको छ । भारतीय कस्टमबाट प्लाष्टिकको दानाको विजक ईन्ट्रि गरेर नेपाल भित्र्याउन लागिएको दुई ट्रक काजु, किसमिस, कपडा लगायतका सामान भैरहवा भन्सार कार्यालय परिषरबाट बरामद गरिएको हो ।
भारतबाट प्लाष्टिकका दानाको विजक पेस गरेर भन्सार गर्ने प्रकृयामा रहेका दुईवटा ट्रक चेकजाँच गर्ने क्रममा काजु, किसमिस, कपडा लगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख मनिराम पौडेलले जानकारी गराउनु भएको छ । उहाँका अनुसार भन्सार प्रवेश गर्दा प्लाष्टिकको दाना भनेर स्वघोषणा गरिएपनि चेकजाँच गर्दा दुईवटा ट्रकमा ठूलो परिमाणमा काजु, किसमिस, कपडा लगायत अन्य खाद्यबस्तु फेला गरेको हो ।
ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्बरको भारतीय नम्बर प्लेटका नियन्त्रणमा लिएका दुईवटा ट्रकमा २ करोड भन्दा बढीको सामान रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
भन्सार प्रमुख पौडेलका अनुसार जयमा ट्रेडर्स र चितवन ह्याचरीको नाममा बिजक बनाएर भन्सारमा प्रवेश गराईए पनि ति र्फमहरु एक्टिभ छैनन् । तस्करहरुले निश्क्रिय अवस्थामा रहेका फर्मको नाम प्रयोग गरेर सामान भित्र्याउन खोजेको देखिएको उहाँले भन्नुभयो ।