अव समाजवादी गण्तन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल

1.3K

अव समाजवादी गण्तन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव समाजवादी गणतन्त्रमा जानुपर्ने आवश्यकता औंल्याउनु भएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएपनि जनताको गणतन्त्र नभएको बताउँदै समाजवादी गणतन्त्रमा जानुपर्ने भनाई राख्नुभयो ।
समाजवादी मोर्चाले मंगलबार बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो–‘अहिलेको गणतन्त्र जनताको हो की वुर्जवाहरुको हो अझै टुंगो लागेको छैन, हामी समाजवादी गणतन्त्र स्थापना गर्न चाहन्छौं ।’
उहाँले समाजवादी गणतन्त्रको लागि अव छिटै सडकमा जाने पनि बताउनु भयो । उहाँले गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न, संविधानको रक्षा तथा गरिव उत्पिडित जनताकाको लागि अधिकार प्रत्याभूत गर्नको लागि समाजवादी मोर्चा बनाईएको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओली नक्कली कम्युनिष्ट भएको पनि आरोप लगाउनु भयो । संविधान कुल्चिएर संसद विघटन गर्ने र परिवर्तनका उपलब्धिलाई दवाउन खोज्ने कसरी कम्युनिष्ट हुन सक्छ भन्दै प्रश्न गर्नुभयो ।