लुम्बिनीमा समाजवादी मोर्चा घोषणा : को को छन् सदस्य ?

1.3K

लुम्बिनीमा समाजवादी मोर्चा घोषणा : को को छन् सदस्य ?

लुम्बिनी प्रदेशमा समाजवादी मोर्चा घोषणा गरिएको छ । मंगलबार बुटवलमा आयोजना गरिएको मोर्चाको सन्देश सभामा प्रदेश स्तरीय समाजवादी मोर्चामा चयन गरिएका समितिका सदस्यहरुको नाम घोषणा गरिएको हो ।
समाजवादी मोर्चामा आवद्ध दलबाट तीन तीन जना सदस्य रहन गरी समन्वय कमिटी गठन गरिएको हो । जसमा माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष सुदर्सन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारु र सचिव कृष्ण अधिकारी रहनु भएको छ ।
त्यस्तै एकीकृत समाजवादीको तर्फबाट पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणी चौधरी, जनता समाजवादी पार्टीबाट नविनकुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहनु भएको छ भने नेपाल कम्युनिष्ट पार्टीबाट पोलिटव्यूरो सदस्य बसन्त श्रेष्ठ तथा नारायण र सम्झाना रहनु भएको छ ।