बुटवल जेसीजकाे स्वरणजयन्ती स्मारक शिलान्यास गरिएकाे छ । बुटवल जेसीज भवनकाे प्राङ्गणमा निर्माण गर्न लागिएकाे उक्त स्मारककाे शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतले शिलान्यास गर्नु भएकाे हाे ।
बुटवल जेसीज स्थापना भएकाे ५० औं वर्ष प्रवेशकाे अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. ४ मा अवस्थित जेसीज भवनकाे प्राङ्गणमा स्वर्णजयन्ती स्मारक निर्माण गर्न लागिएकाे हाे ।
बुटवल जेसीजकाे स्वर्णजयन्ती समाराेहमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएकाे छ । जेसीज अभियानमा उल्लेखनीय याेगदान पुर्याएवापत स्वर्णजयन्ती समाराेह समुद्घाटन कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएकाे हाे । पूर्वअध्यक्षहरुलाई अर्थमन्त्री प्रकाशशरण महत र बुटवल जेसीजका अध्यक्ष हरिबिक्रम कुवरले सम्मानपत्र सहित दाेसल्ला ओढाएर सम्मान गर्नुभएकाे हाे ।