नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि अओलीले सरकारले एमाले बिरुद्ध षड्यन्त्र गरिरहेकाे आराेप लगाउनु भएकाे छ । एमाले लुम्बिनीकाे प्रथम अधिवेशनकाे शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारलाई गठबन्धनका नामको बुँख्याचाकाे संज्ञा दिनुभयाे ।
उहाँले प्रतिक्रियावादी शक्तिले एमालेलाई सजिलै अगाडि बढ्न नदिने बताउँदै एमाले नेतृत्वको सरकारले गरेको विकास देखेर वामपन्थी खोल ओढेकाहरुको सहारामा सरकार ढालेको पनि आरोप लगाउनु भयाे ।
भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय पुँजिपतिलाई आतंकित बनाएको बताउँदै आफू बिरुद्ध लागेमा आराेपकाे छानबिन गर्न चुनौती दिनुभयाे ।
अहिलेकाे सरकारले विनास मात्रै गरेकाे आराेप लगाउदै भन्नुभयाे- ‘विदेश जाने मान्छे बढेका बढ्यै छन्, रेमिट्यान्स घटेको छ, राजश्व घटेको छ, एमालेको सरकार बन्यो भने एक हप्तामा डबल राजश्व उठाउँछाैं ।’
अध्यक्ष ओलीले विरोधीहरुलाई देखाउनका लागि पनि एकतावद्ध भएर जान जरुरी रहेको बताउँदै नेताहरु सबैसँगै बसेर सबैलाई चित्त बुझ्ने गरी मिलाएर नेतृत्व चयन गर्न आग्रह गर्नुभयाे ।
